राजस्व अनुसन्धान विभागद्धारा दश अर्व छत्तिस करोड पैतालिस लाख बाइस हजार छ सय वयालिस सजाय मागदावी

प्रकाशित मिति: २०८०।१२।१८

प्रेश विज्ञप्ति

राजस्व अनुसन्धान विभागद्धारा दश अर्व छत्तिस करोड पैतालिस लाख बाइस हजार छ सय वयालिस सजाय मागदावी गरी अभियोग दायर ।

 

राजश्व अनुसन्धान विभागले अनुसन्धान सम्पन्न गरी कोटीभिटी नेपाल प्रा. लि. (स्थायी लेखा नं. ३०११६१६१९१) विरुद्ध अभियोग दायर गरेको छ । अनुसन्धानको क्रममा  शेयरधनी दर्ता किताब प्राप्त गरी विष्लेषण गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रा. लि. (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७१/०९/०६ मा शेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१/१२/१३ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, मिति २०७२/०३/०४ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक (शेयर बृद्धि) उल्लेख भएको, भर्सेन्ड टेक्नोलोजिज् प्रा. लि. (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७५/०२/३० मा शेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटभिटी नेपाल प्रा.लि. (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७६/०५/२६ मा शेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको देखिएको तथा विभागलाई प्राप्त सूचना समेतको आधारमा छानविन गर्दा प्रस्तुत कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मुल्य अभिबृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको हो।  

कोटीभिटी नेपाल प्रा. लि. (प्यान ३०१६१६१९१) नेपालमा दर्ता भएको पूर्ण बैदेशिक लगानी भएको कम्पनी हो। कम्पनीको साविकको नाम Versik Information Technology Pvt. Ltd. रहेकोमा मिति २०७३ श्रावण २८ गते (१२ अगष्ट २०१६) को शेयरधनीको निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी Verscend Technology Pvt. Ltd.  कायम गरी कम्पनी रजिष्ट्रारले मिति २०७३।०५।०८ मा स्विकृत प्रदान गरेको देखिन्छ । त्यस्तै, कम्पनीको मिति २०७५।०७।०१ को शेयरधनीको विशेष निर्णय बमोजिम Verscend Technology Pvt. Ltd.  नाम परिवर्तन गरी Cotoviti Nepal Pvt. Ltd कायम गर्न निवेदन दिएबमोजिम २०७५।०९।०८ को पत्र बमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रा.लि.को नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ ।

कम्पनीको आ.व. २०७२।७३ मा कुल १७,०५,२०२ कित्ता सम्पूर्ण शेयर भेरिक्स हेल्थ ईन्क, संयुक्त राज्य अमेरीकाको नाममा (२०७१।११।२७ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार) रहेको देखिन्छ । त्यस्तै, मिति २०७५।०२।२१ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी ईन्क, संयुक्त राज्य अमेरीका रहेकोमा मिति २०७५।०७।२६ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार कम्पनीको एकल शेयरधनी कोटीभिटि ईन्क संयुक्त राज्य अमेरीका रहेको देखिन्छ ।

मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा ७ मा मुल्य अभिबृद्धि करका दरहरुको व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार अनुसूचि-२ मा उल्लिखित सेवाको कारोबारमा शुन्य दरमा कर लाग्ने व्यवस्था गरेको छ। अनुसूची -२ को दफा २ (क) मा नेपाल भित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यवसायिक कारोबार, व्यवसायिक प्रतिनिधित्व वा कानूनी रुपमा मान्य प्रतिनिधि नभएको नेपाल बाहिरका व्यक्तिलाई आपुर्ति गरेको सेवामा शुन्य दरमा कर लाग्ने व्यवस्था गरेको छ ।

Cotiviti Nepal Pvt. Ltd. मिति २०८०/१/२१ मा राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा Cotiviti Nepal Pvt. Ltd ले वस्तु तथा सेवाको निर्यात Cotiviti Inc. लाई मात्रै गरेको ब्यहोरा उल्लेख छ। Cotiviti Nepal Pvt. Ltd. ले आफुले उत्पादन गरेको सेवा Cotiviti Inc. वाहेक अरुलाई बिक्री गरेको देखिँदैन । यसले       Cotiviti Nepal Pvt. Ltd. नै Cotiviti Inc. को व्यवसायिक प्रतिनिधि भएको तथ्य पुष्टि हुन्छ ।

Cotiviti Nepal Pvt. Ltd. को मिति २०७६/५/२६ मा अद्यावधिक गरेको शेयरधनी दर्ता किताबमा शेयरधनीको नाम तथा ठेगानामा Cotiviti Inc., 2001 Jones Roadऽ, 4th Floor, Waltham, MA 02451 U.S.A. उल्लेख गरेको र Cotiviti Inc. नै संस्थापक शेयरधनी भएको देखिएबाट Cotiviti Inc. मुख्य कम्पनी (Holding Company) र Cotiviti Nepal Pvt. Ltd. सहायक कम्पनी (Subsidiary Company) रहेको तथ्य स्थापित भएको छ ।

Cotivity, Inc. 10701 S River Front Pkwy Unit 200 South Jordan, UT 84095 (700) 379-2800 ले 2 october 2023 मा Cotiviti Nepal Pvt.Ltd., 429, Hattisar, PO Box 6058Kathmandu, Nepal लाई लेखेको पत्रको बेहोराले Cotiviti Nepal Pvt.Ltd. नामको कम्पनी Cotivity, Inc. 10701 S River Front Pkwy Unit 200 South Jordan, UT 84095 (700) 379-2800 (Holding Company) को सहायक कम्पनी (Subsidiary company) भएको तथ्य स्विकारेको छ।

Cotiviti Nepal Pvt.Ltd. ले मिति २०८०/०१/२१ मा यस विभागमा पेश गरेको बस्तु तथा सेवा निर्यात गरिएको कम्पनीको नाममा D2 Hawkeye Inc., D2 Hawkeye Inc /Verisk Health Inc.,Verisk Health Inc.,Verisk Health Inc./Verscend Technologies Inc., Verscend Technologies Inc./ Cotiviti Inc. तथा  Cotiviti Inc. उल्लेख गरेबाट Cotiviti Nepal Pvt.Ltd. सम्म आईपुग्दाका सबै कारोबारहरु मुख्य कम्पनी (Holding Company) Cotivity, Inc. कै सहायक कम्पनी (“Subsidiary company) रहेको तथ्य पुष्टि हुन्छ।

अनुसन्धानका क्रममा प्राप्त तथ्य, आधार र कारणबाट Cotiviti Nepal Pvt.Ltd. कम्पनी Cotivity, Inc. को सहायक कम्पनी (Subsidiary company) भएकोले मुख्य कम्पनी (Holding Company) को लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनी (Holding Company) को व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनी (Holding Company) को नेपाल स्थित कानूनी रुपमा मान्य प्रतिनिधि समेत देखिएको कारणले गर्दा D2 Hawkeye Inc. बाट Cotivity, Inc. हुँदासम्मका कारोबारले D2 Hawkeye Services Pvt. Ltd. बाट Cotiviti Nepal Pvt.Ltd हुँदा सम्मका कारोबारले यी दुई कम्पनीका बीचमा मुल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूचि-२ को दफा २(क) आकर्षित हुने देखिएन । कम्पनीले गरेको बिक्री निर्यात भएकोमा द्विविधा रहेन तर Cotiviti Nepal Pvt. Ltd. मिति २०८०/१/२१ मा राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा Cotiviti Nepal Pvt. Ltd ले वस्तु तथा सेवाको निर्यात Cotiviti Inc. लाई मात्रै गरेको ब्यहोरा उल्लेख गरेबाट Cotiviti Nepal Pvt. Ltd. ले निर्यात गरेको सेवा  मुल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूचि-२ को दफा २(क) बमोजिमको सुविधा पाउने निर्यात हो भन्न सकिएन ।

माथि विवेचित आधार, कारण र तथ्यबाट प्रस्तुत कम्पनीले आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क) र (च) बमोजिमको कसुर गरेको पुष्टि भएकोले रु. 416,417,965.80 र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (ग) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकोले रु.4,765,843,355.00 गरी कुल विगो रकम रु.5,182,261,321 रहेको छ ।

 

प्रस्तुत कम्पनीले आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी तथा मुख्य कम्पनी (Holding Company) कोटिभिटि इन्कलाई आफ्नो सेवा विक्री गरी  राजस्व चुहावट गर्ने उद्देश्यले Cotivity, Inc. 10701 S River Front Pkwy Unit 200 South Jordan, UT 84095 (700) 379-2800 मुख्य कम्पनी (Holding Company) को सहायक कम्पनी (Subsidary Company) काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १ हात्तिसार स्थित कोटीभिटी नेपाल प्रा. लि.(स्थायी लेखा नं. ३०११६१६१९१), Dr. Emad  Rizk, Mr. Brett Magun, Ms. Kerri Eskin, Mr. Peter Csapo, Ms. Aparna Kothur समेतले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को देहाय (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २(छ१) बमोजिमको कुल विगो रु. 5,182,261,32१/- (पाँच अर्ब अठार करोड बाइस लाख एकसठ्ठी हजार तीनसय एक्काइस रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम मागदावी लिई उच्च अदालत, पाटनमा अभियोग दायर गरिएको छ।