प्रकाशित मिति : २०१९-१२-२० (अद्यावधिक मिति : २०२०-०१-०२)

उद्देश्य:
आर्थिक सूचना प्रणालीको माध्यमबाट पारदर्शी अर्थतन्त्र, स्वच्छ एवम् उत्तरदायी राजस्व प्रशासनको विकास गरी राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रण गर्ने ।

रणनिती:
निर्दिष्ट सोचतर्फ उन्मुख भई उपरोक्त उद्देश्य परिपूर्तिका लागि विभागले आफ्नो कार्य सम्पादन गर्दा देहायका रणनीतिहरु अवलम्वन गर्ने गर्दछ :

  • प्रवर्द्धनात्मक रणनीति: प्रचारप्रसार, गोष्ठी, सेमिनार, अन्तक्र्रिया, जागरण अभियान, संस्थागत सुद्धिढीकरण, कार्य प्रणाली सुधार  आदि ।
  • निरोधात्मक रणनीति : नियम कानूनको पालना, आकस्मिक र दु्रत गस्ती परिचालन, कर्मचारी आचारसंहिता
  • उपचारात्मक रणनीति : कब्जा गर्ने, छापा मार्ने, जफत गर्ने, दण्डित गर्ने, थुनछेक गर्ने, क्षतिपूर्ति लिने, लिलाम विक्री गर्ने आदि ।

कार्यक्षेत्र:

विभागको वृहत कार्यक्षेत्र देहायका तीन विषयहरुमा केन्द्रित रहेकोछ :

  • कर तथा गैर कर राजस्व चुहावट एवं आर्थिक अपराधको अनुसन्धान तथा नियन्त्रण,
  • विदेशी विनिमयको अवैध ओसार पसार तथा अपचलनको अनुसन्धान गरी मुद्दा दायर गर्ने,
  • राजस्व प्रशासनको सुधार तथा प्रभावकारीताका लागि नीतिगत पृष्ठपोषण गर्ने ।