विभागको वृहत कार्यक्षेत्र देहायका विषयहरुमा केन्द्रित रहेकोछ :

  • संघ, प्रदेश स्थानिय सरकारले संकलन गर्ने कर गैरकर राजस्व चुहावटको अनुसन्धान, तहकिकात अभियोजन गर्ने।

  • विदेशी विनिमय अपचलन सम्वन्धी कसुरको अनुसन्धान, तहकिकात तथा अभियोजन गर्ने।

  • राजस्व छली, तस्करी, अवैध तथा अनौपचारिक कारोबार मार्फत हुने राजस्व चुहावट सम्बन्धमा अनुसन्धान गरी त्रुटी सुधार गर्न, निर्धारण भएको कर असुल गर्नको लागि सम्बन्धित निकायलाई लेखी पठाउने।

  • राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मार्फत् भएको सम्पत्ति शुद्धिकरणको कसुर समेतको अनुसन्धान तथा अभियोजन गर्ने।