नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन, ललितपुर

" निजामती कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता "

  • Deputy Prime Minister & Finance Minister's Welcome

परिचय

राजस्व अनुसन्धान विभागको स्थापना वि. सं २०५० सालमा भएको हो । यस पूर्व वि.सं २०३४ मा  अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखा स्थापना भई राजस्व अनुसन्धान र आर्थिक अपराध नियन्त्रण गर्ने कार्यको थालनी भएको थियो । वि.सं. २०५० सालमा उक्त महाशाखालाई राजस्व अनुसन्धान विभागको रुपमा रुपान्तरण गरी यस विभागको स्थापना भएको हो । विभाग हाल हरिहर भवन ललितपुरमा रहेको छ ।
हाल यस विभाग अन्तर्गत चार वटा क्षेत्रीय इकाई कार्यालयहरु (पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको पथलैया, पश्चिमाञ्चलको वुटवल र मध्य तथा सुदूरपश्चिमाञ्चलको कोहलपुर) रहेका छन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत तोकिएका कार्यहरु सम्पन्न गर्ने जिम्मेवारी यस विभागलाई सुम्पिएको छ। यस विभागलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार जुनसुकै निकाय र विषयका  विज्ञ–विशेषज्ञ तथा  कर्मचारीहरु परिचालन गर्न सक्ने अधिकार पनि रहेको छ ।
प्रारम्भमा कर राजस्व चुहावटको अनुसन्धान, तहकिकात र नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस विभागले आ.व. २०६५/६६ देखि गैरकर राजस्वको समेत अनुसन्धान, तहकिकात र कारवाही गर्ने जिम्मेवारी पाएको छ । त्यसैगरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत विदेशी विनिमयको अपचलनको रोकथाम तथा नियन्त्रणको अनुसन्धान सम्वन्धी कार्य पनि यस विभागको कार्यक्षेत्र अन्तर्गत तोकिएको छ । अतः समग्र राजस्व चुहावट एवं नियन्त्रण गर्ने कार्यका लागि यो विभाग जिम्मेवार रहेको छ ।

अडियो सूचना

DRI Audio Notice (DRInotice.mp3)
 
Nepal National Anthem (Nepal National anthem.mp3)
 

दीर्घराज मैनाली
महानिर्देशक

ध्रुव घिमिरे
उप-महानिर्देशक

सूचना अधिकारी



शेखर पौडेल
फोन. नं ०१-५०१००८५
 
निर्देशक

 

फोटो ग्यालरीथप हेर्नुहोस