Working Proceduer
कार्य प्रकृया (Working Proceduer)
(क) सूचना संकलन र विश्लेषण
राजस्व अनुसन्धान विभाग र यस अन्तर्गतका कार्यालयहरुको प्रभावकारी कार्य सम्पादनमा सूचना संकलनको महत्वपर्ण् भूमिका रहन्छ । सूचना संकलन मूलतः दुई स्रोतबाट गर्ने गरिन्छ:
आन्तरिक स्रोतः
राजस्व चुहावट, भन्सार चोरी, विदेशी विनिमय अपचलन, गैर कानूनी स्रोतबाट आर्जित सम्पत्तिको बारेमा विभाग तथा कार्यालयहरुले कर्मचारीहरुको परिचालन तथा व्यक्तिगत सम्पर्क सूत्रहरुको माध्यमबाट पनि आन्तरिक रुपमा सूचना संकलन गर्दछ ।
वाहृय स्रोतः
भन्सार चोरी, राजस्व चुहावट, विदेशी विनिमयको अनियमितता, गैर कानूनी स्रोतबाट आर्जित सम्पत्तिको बारेमा विभाग तथा कार्यालयहरुले मुख्यरुपमा सुराकीको उजुरी, पत्रपत्रिकामा प्रकाशित तथ्यहरु, अर्थ मन्त्रालय केन्द्रीय अनुगमन इकाई, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्र तथा अन्य वाहृय निकायहरुबाट सूचनाहरु प्राप्त गर्दछ ।
सूचनाहरुको प्राप्ती संगसंगै सूचनाको विश्लेषण र तथ्यहरुको अनुमान गर्ने गरिन्छ । यसका लागि स्थलगत अध्ययन, कारोवारको थप अध्ययन, अतिरिक्त प्रमाणको संकलन, राजमार्गमा गस्ती परिचालन र शंकास्पद ढुवानी साधनको परीक्षण, कारोवारस्थलमा छापा र उपलब्ध कागजातको आधारमा करदाताको वयान, अनुसन्धान र तहकिकात गरी कारवाहीको प्रक्रिया अघि बढाइन्छ ।
(ख) कारवाही सम्बन्धी व्यवस्था
अनुसन्धान र तहहिकातबाट देखिएको तथ्य एवम् प्रमाणका आधारमा विभागले देहाय वमोजिम कारवाही गर्ने गर्दछः-
राजस्व चुहावट भएको पाइएमा सम्बन्धित ऐन/नियमको परिधि भित्र रही छलेको राजस्व, दण्ड र जरिवाना समेतको रकम असुलउपर गर्ने गरिन्छ ।
-
सामान्यतः भन्सार महशुल छलेकोमा भन्सार ऐन/नियम, मूल्य अभिवृद्धि कर छलेकोमा मूल्य अभिवृद्धि कर ऐन/नियम अनुसारको प्रकृया पुर्याई भन्सार अधिकृत र कर अधिकृतको प्रत्यायोजित अधिकार प्रयोग गरी राजस्व असुल गरिन्छ भने अन्तःशुल्क र आयकर चुहावटको हकमा सम्बन्धित ऐनकै परिधि भित्र रही राजस्व संकलनसंग सम्बन्धित कार्यालयमा लेखि पठाइने गरिएकोछ ।
-
भन्सारतर्फो निर्ण्र्पर राजस्व न्यायाधिकरणमा पुनरावदेन लाग्दछ भने मू.अ.करतर्फप्रशासकीय पुनरावलोकनका लागि महानिर्देशक, आन्तरिक राजस्व विभागमा एक तह र त्यसपछि राजस्व न्यायाधिकरणमा दोस्रो तहको पुनरावेदन लाग्ने व्यवस्था छ ।
-
कानूनी व्याख्यामा द्विविधा र अन्तरविरोध भएका केश मात्र राजस्व चुहावट नियन्त्रण ऐन अर्न्तर्गत जिल्ला सरकारी वकीलको सहमति एवम् राय लिई जिल्ला अदालतमा मुद्दा दायर गर्ने गरिएको छ । जसको पुनरावेदन पुनरावेदन अदालतमा गर्न पाइने व्यवस्था छ ।
-
विदेशी मुद्रा अपचलन भएका अधिकांश केश प्रहरी मार्फ पक्राउ भई अनुसन्धानका लागि आउने र केही आफ्नै प्रयासबाट पक्राउ गरी अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकील कार्यालयको सहमति तथा राय लिई जिल्ला अदालतमा मुद्दा दायर गरिन्छ ।
-
सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरीङ) निवारण सम्वन्धमा प्राप्त सूचनाका आधारमा विभागले प्रारम्भिक अनुसन्धान गरी सरकारी वकीलको अनुमति लिई मुद्दा दायर गर्ने/नगर्ने विषयमा निर्णय लिने गर्दछ ।
Previous page: Organization Structure
Next page: Rewards