Vision, Objectives and Mission
विभागको दीर्घकालिन सोच (Vision) देहाय बमोजिम रहेको छ:
आर्थिक अपराध मुक्त क्षेत्र र राजस्व अभिवृद्धिको वातावरण उच्च, फराकिलो एवं दिगो अर्थतन्त्रको विकासमा योगदान।
उद्देश्य (Objective):
आर्थिक सूचना प्रणालीको माध्यमबाट पारदर्शी अर्थतन्त्र, स्वच्छ एवम् उत्तरदायी राजस्व प्रशासनको विकास गरी राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रण गर्ने ।
रणनीति (Strategy):
निर्दिष्ट सोचतर्फ उन्मुख भई उपरोक्त उद्देश्य परिपूर्तिका लागि विभागले आफ्नो कार्य सम्पादन गर्दा देहायका रणनीतिहरु अवलम्वन गर्ने गर्दछ :
-
पर्वर्द्धनात्मक रणनीति (Promotional Strategy)
प्रचारप्रसार, गोष्ठी, सेमिनार, अन्तरकृया, जागरण अभियान, संस्थागत सुद्धिढीकरण, कार्य प्रणाली सुधार आदि।
-
निरोधात्मक रणनीति (Preventive Strategy)
नियम कानूनको पालना, आकस्मिक र द्रुत गस्ती परिचालन, कर्मचारी आचारसंहिता पालना, निर्देशिका कार्यविधि जारी, सूचना प्रविधिको प्रयोग आदि ।
-
उपचारात्मक रणनीति (Curative Strategy)
कब्जा गर्ने, छापा मार्ने, जफत गर्ने, दण्डित गर्ने, थुनछेक गर्ने, क्षतपूर्ति लिने, लिलाम विक्री गर्ने आदि ।
Previous page: Working Areas
Next page: Organogram