Rewards
पुरस्कारको व्यवस्था
सुराकी लगायत विभिन्न माध्यमबाट राजस्व अनुसन्धान विभागले राजस्व चुहावट, विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी सूचना प्राप्त गर्दछ । यस विभागको तल ठेगाना खण्डमा दिइएको toll free नम्वरको टेलिफोनबाट पनि राजस्व चुहावट सम्बन्धी सूचना उपलब्ध गराउन सकिन्छ ।
तत्पश्चात् त्यस्तो सूचनाको सत्यताको यकिनका लागि अनुसन्धान, छानविन र तहकिकात को क्रम अगाडि बढ्दछ । दोषी प्रमाणित भएमा कानून बमोजिम कारवाही गरिन्छ । राजस्व चुहावटको सूचना जो सुकैले पनि दिन सक्ने कानूनी व्यवस्था छ । हरिहरभवन स्थित विभागको भवनमा रहेको कन्ट्रोल रुम चौविसै घण्टा खुल्ला रहने भएकोले जुनसुकै वेलामा टेलिफोनमा फोन गरी सूचना दिन सकिनेछ । सूचना दिने व्यक्तिलाई राजस्व चुवाहट भएको ठहरिए पश्चात असुलउपर भएको रकमबाट तपसिल बमोजिमको पुरस्कार दिइने व्यवस्था छ ।
पुरस्कारको व्यवस्था
- मूल्य अभिवृद्धि कर सम्वन्धी सूचना दिनेलाई - २० प्रतिशत
- भन्सार चोरी पैठारी/निकासीको सूचना दिनेलाई - १५ प्रतिशत
- अन्तःशुल्क छली सम्वन्धी सूचना दिनेलाई - १० प्रतिशत
अतः राजस्व अनुसन्धान विभागलाई राजस्व चुहावट सम्वन्धी भरपर्दो सूचना प्रवाह गरी राजस्व चुहावट नियन्त्रण गर्न सहयोग गरौं । मुलुकको स्वस्थ्य र दिगो आर्थिक विकासमा टेवा पुर्याई सम्मानित नागरिकको भूमिका निर्वाह गरौं । हामी यहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्नेछौं ।
Previous page: Working Proceduer
Next page: Act, Rules and Regulations