Organogram
राजस्व अनुसन्धान विभागको संगठनात्मक संरचना अन्तर्गत उच्च व्यवस्थापन तहमा राजपत्रंकित प्रथम श्रेणीका महानिर्देशक १ र उप-महानिर्देशक १ रहने व्यवस्था छ । त्यसैगरी राजपत्रांकित द्वितीय श्रेणी विभागको संगठनात्मक संरचना अन्तर्गत जम्मा ५७ कर्मचारी दरवन्दी रहेको छ भने अन्तर्गतका क्षेत्रीयस्तरमा ४ वटा इकाई कार्यालयहरु रहेका छन् । जस अन्तर्गत पुर्वाञ्चलको लागि इटहरी, मध्यमाञ्चालको लागि पथलैया, पश्चिमाञ्चलको लागि बुटवल र मध्य तथा सुदूरपश्चिमाञ्चलको लागि कोहलपुरमा इकाई कार्यालयहरु रहेका छन् । त्यसैगरी वर्दिवास र अत्तरियामा यसै आर्थिक वर्षभित्र उपइकाई स्थापना गर्ने कार्यक्रम रहेको छ ।
राजस्व अनुसन्धान विभाग र अन्तर्गतका इकाई कार्यालयहरुको समेत गरी कुल कर्मचारी दरवन्दी १४२ रहेको छ । जस्मा गस्तीतर्फ २३ कर्मचारी पनि समावेश छन् ।(राजपत्रांकित द्वितीय श्रेणी -राजस्व समूह) को प्रमुख अनुसन्धान अधिकृतको नेतृत्वमा आवश्यक संख्यामा अधिकृत तथा सहायक कर्मचारीहरु रहेका छन् ।
Previous page: Vision, Objectives and Mission
Next page: Organization Structure