About DRI
परिकल्पना
• राजस्व चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने ।
प्रमुख लक्ष्य
• भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरमा हुने राजस्व चुहावटलाई प्रभावकारी रुपमा नियन्त्रण तथा रोकथाम गर्ने ।
• विदेशी विनिमय अपचलन नियन्त्रण गर्ने ।
उद्देश्य
• कर राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तथा नियन्त्रण गर्ने ।
• विदेशी विनिमयको अवैध ओसार पसार तथा अपचलन नियन्त्रण गर्ने ।
• प्रत्यायोजित अधिकारको अधीनमा रही राजस्व सम्बन्धी ऐन नियमको उल्लंघन भएमा अनुसन्धान गरी कारवाही गर्ने ।
रणनीति
• करको दायरा फराकिलो पार्दै राजस्व संकलनमा वृद्धि गराउन सहयोगीको भूमिका निर्वाह गर्ने ।
• कर राजस्व चुहावटलाई प्रभावकारी रुपमा नियन्त्रण गर्ने ।
• विदेशी विनिमय अपचलन नियन्त्रण गर्ने ।
• कर राजस्व संकलन गर्ने कार्यालयहरुको कार्यमा पारदर्शिता, शीघ्रता एवं शुद्धता ल्याउन अभिप्रेरित गर्ने ।
कार्यनीति
• सूचना संकलन, प्रशोधन र विश्लेषण गर्ने ।
• उद्योग, व्यवसायसंग सम्बद्ध संघ संस्था मार्फत करको परिचालन (Tax Compliance) बढाउन उत्प्रेरित गर्ने ।
• अनुसन्धान क्षमतामा अभिवृद्धि ल्याउने ।
• संगठनात्मक क्षमता अभिवृद्धि गर्ने ।
कार्यक्षेत्र
• गैह्र कर राजस्व वाहेक कर राजस्व चुहावटको क्षेत्र ।
• विदेशी विनिमय अपचलन सम्बन्धमा अनुसन्धान एवं मुद्धा चलाउने ।
कानूनी व्यवस्था
• राजस्व चुहावट -अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२,
• विदेशी विनिमय -नियमित गर्ने) ऐन, २०१९ को दफा ११ -क),
• भन्सार ऐन, २०१९ को दफा ३४ क प्रयोग गरी नेपाल सरकारबाट प्रत्यायोजित भन्सार अधिकृतको अधिकार,
• मृल्य अभिबृद्धिकर ऐन २०५२ अनुसार तोकिएको कर अधिकृत र प्रमुख कर अधिकृत को अधिकार प्रयोग गरी कर निर्धारण गर्ने ।
संगठनात्मक स्वरुप र कर्मचारी व्यवस्था
• विभाग, ४ वटा इकाई कार्यालयहरु -इटहरी, पथलैया, बुटवल र कोहलपुर) तथा १ अस्थायी चेकपोष्ट -थानको ट),
• विभाग वा अर्न्तर्गत रा. प. प्रथम २, रा. प. द्वितीय ६, रा. प. तृतीय स्तर ११, रा. प. अनं. प्रथम स्तर १८, रा. प. अनं. द्वितीय स्तर २४, टाइपिष्ट ५, सवारी चालक १०, परिचर १५ तथा गस्ती तर्फ ५१ रहेकोमा रा. प. प्रथम स्तरको उपमहानिर्देशक १, प्रमुख अनुसन्धान अधिकृत १, रा. प. अ.नं. प्रथम १, रा. प. अनं. द्वितीय २ र गस्ती परिचर ९ समेत गरी जम्मा १४ पद रिक्त भएको । -दरवन्दी तेरिज संलग्न छ) ।
 
© Copyright 2008, Department of Revenue Investigation. All Rights Reserved. | Disclaimer