२०६१ श्रावणदेखि २०६२ आषाढ सम्मको कार्य उपलव्धि
भन्सार तर्फ
चालु आ.व को विभिन्न मितिमा रु १२,३७,००७१८।०० मूल्य बरावरका -विगो समेत
) भन्सार चोरी पैठारी भै आएका सामानहरु कब्जामा लिई भन्सार ऐन २०१९ बमोजिम
कारवाही भैरहेको ।
अन्तःशुल्क तर्फ
नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क छलेको आशंकामा श्री डिष्टिलरी प्रा.
लि., वावा डिष्टिलरी र चण्डिका डिष्टिलरी र सुमी डिष्टिलरीले उत्पादन
गरेको मदिरा थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व विभागमा
लेखी पठाएकोमा उक्त विभाग अर्न्तर्गतका विभिन्न कार्यालयहरुबाट अनुसन्धानको
सिलसिलामा वरामद गरिएको मदिरा कव्जामा लिई रु. १,०८,८३,७५२।- धरौटी लिएकोमा
श्रीडिष्टिलरी प्रा.लि को कब्जामा लिईएको ट्रकमा रहेको मदिराको हकमा
मदिरा ढुवानी गर्ने काममा प्रयोग भएको टू्रक समेत जफत गर्ने र रु १५६५८६५।००
जरिवाना गर्ने गरी निर्ण्र्ााभैसकेको । सोही सिलसिलामा अनुसन्धान गर्दै
जांदा उक्त डिष्टिलरीले मदिरा उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ
मोलासिस मौज्दातमा न्यून देखाई सो बाट उत्पादीत मदिराको बिक्री वितरणमा
लाग्ने अन्तःशल्क दवाए छिपाएको कसुरमा रु ८७,२९,००,०००।०० असुल उपर गर्ने
गरी श्री आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट फैसला भैसकेको र सो बिक्रीमा
अशुल गर्ने पर्ने मू.अ.कर र आयमा अशुल गर्नपर्ने आयकर अशुल गर्न श्री
ठूला करदाता कार्यार्लयमा लेखि पठाएको ।
श्री शाही आयोग समेतको सहयोगमा श्री त्रिबेणी डिस्टिलरी प्रा.लि ले अन्तःशुल्क
दवाए छिपाएको आशंकामा यस विभाग समेतको सक्रियतामा आकस्मिक निरीक्षण गरी
देखिएको कैफियत श्री सचीव ज्यू र्,अर्थ मन्त्रालयमा पेश गरेको र सोही
आधारमा श्री अँन्तरिक राजस्व कार्यालय रुपन्देहि बाट करिव ९४ करोड अन्तःशुल्क
अशुल गर्ने गरी फैशला गरेको ।
श्री शाही आयोग समेतको सहयोगमा श्री कर्णाली डिस्टिलरी प्रा.लि ले अन्तःशुल्क
दवाए छिपाएको आशंकामा यस विभाग समेतको सक्रियतामा आकस्मिक निरिक्षण गरी
देखिएको कैफियत आयोगमा पेश भएको र सोही आधारमा श्री आन्तरिक राजस्व कार्यालय
नेपालगञ्जबाट थप कारवाही भैरहेको ।
श्री शाही आयोग समेतको सहयोगमा श्री चण्डिका डिस्टिलरी प्रा.लि ले अन्तःशुल्क
दवाए छिपाएको आशंकामा यस विभाग समेतको सक्रियतामा आकस्मिक निरिक्षण गरी
देखिएको कैफियत आयोगमा पेश भएको र सोही आधारमा श्री अँन्तरिक राजस्व
कार्यालय बिराटनगरबाट थप कारवाही भैरहेको ।
मू. अ. कर तर्फ
विभिन्न र्फमहरुले मू. अ. कर छलेको आशंकामा छानवीन गरी मू. अ. कर र जरिवानासमेत
गरी रु. २,३३,५४,९८६।- अशुल गरीएको ।
आयकर तर्फ
लुम्विनी ओभरसिज कर्न्सन प्रा. लि. ले आयकर छलेको सम्बन्धमा प्राप्त
सूचनाको आधारमा छानवीन तथा अनुसन्धान गर्दा ६०६७९१९०।५५ अशुल गर्नु पर्ने
प्रारम्भिक अनुसन्धानबाट देखिएको थप अनसन्धान गर्ने सिलसिलामा संचालक
श्री भीम बहादुर थापा र श्री कुल बहादुर कार्की विभागमा उपस्थित हुन
नआएको हूंदा निजहरुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा
पत्राचार गरिएको ।
विभिन्न वित्तीय संस्थाहरुले कर्मचारी कल्याणकोषबाट कर्मचारीहरुलाई वितरण
गरेको रकममा अग्रीम आयकर कट्टी नगरेको विषयमा सूचना संकलन तथा विश्लेषण
गरी कारवाही अघि बढाइएकोमा प्राप्त विवरणको आधारमा आर्थिक अध्यादेश २०६२
को अधिनमा रही अशुल उपर गर्न श्री आन्तरिक राजस्व बिभाग मा लेखि पर्ठाईएको
। यसबाट करिब ५ करोड राजस्व अशुल हुन सक्ने देखिएको ।
विदेशी विनिमय तर्फ
यस अवधिमा अवैध रुपमा विदेशी विनिमय ओसार पसार गर्ने तथा विदेशी विनिमय
अपचलन गर्ने विभिन्न २३ वटा र्फम/व्यक्तिहरु उपर अनुसन्धान कारवाही गरी
रु. ८८९३७९२ ।- विगो कायम गरी सम्बन्धीत अदालतमा मुद्धा दायर गरिएको
।
पोखरा उपमहानगरपालिका वा. नं. ७ स्थायी ठेगाना भएका प्रतिवादी पुष्प
राउत क्षेत्री भएको अवैध गाडी चोरी पैठारी गरी राजस्व चुहावट गरेको सम्बन्धमा
रु. २,७२,५९५।- विगो कायम गरी काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दायर
गरिएको ।
राजस्व चुहावट नियन्त्रण तर्फः
श्रर्ीर् इम्प्रेजिलो एस.पि.ए कालीगण्डकीले उक्त परियोजना सुविधामा आयात
गरिएको ४०६.६८ मे.टन सिमेण्ट स्थानिय बजारमा बिक्री गरी राजस्व हिनाविना
गरेकाले सोमा हुने रु ११,२६,४५४।८० राजस्व चुहावट गरेको माग दावी सहित
श्री रुपन्देहि जिल्ला अदालत , रुपन्देहिमा राजस्व चुहावट अनुसन्धान
तथा नियन्त्रण , ऐन २०५२ अनुसार मुद्धा दायर गरिएको ।
विकास योजना तर्फ
विभाग अर्न्तर्गत गोदाम घरको निर्माण कार्य सम्पन्न भैसकेको ।
विभाग अर्न्तर्गत गोदाम घरकोअगाडी क्उबअभ कालोपत्र र मोटरसाइकल राख्ने
सेड निर्माण गर्ने कार्य सम्पन्न भैसकेको ।
विभाग अर्न्तर्गत राजस्व अनुसन्धान मध्यमाञ्चल इकाई कार्यालय, पथलैयामा
भवन निर्माणको क्रममा रहेको ।
राजस्व अनुसन्धान पर्वाञ्चल इकाई कार्यालय, इटहरीको भवन निर्माणको लागि
जग्गा खरीद भै सोमा भवन निमार्णको लागि टेण्डर स्वीकृत समेत भैसकेको
र आंशिक काम समेत भैसकेको ।
विल प्रविष्टी
यस विभाग अर्न्तर्गत इकाई कार्यालय र अस्थायी चेकपोष्ट, थानकोटमा संकलित
विल विजक परीक्षणको रुपमा कम्प्युटर प्रविष्टि गरिएको, तर यसको उपयोग
आन्तरिक राजस्व विभागबाट प्रभावकारी हुन नसकेको, हाल कम्प्युटर प्रविष्टी
कार्य स्थगित गरिएको ।
कार्यविधि परिमार्जन
गत वर्षजारी राजस्व अनुसन्धान/विदेशी विनिमय अपचलन कार्यविधि अनुभवको
आधारमा परिमार्जन गरी लागू गरिएको छ ।
अन्य
लामो समयदेखि वेवारिसे अवस्थामा रेहका १८ थान गाडी , २५ थान मोटरर्साईकल
लिलाम गरिएको र ३ थान ट्रक सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको ।
मौजुदा समस्याहरु
सम्बन्धित विभागहरुको कमजोर अनुगमन अवस्था देखिएको ।
मू.अ.करमा मौजदात परिक्षण गर्ने काम प्रभावकारी नभएको ।
राजस्व अनुसन्धान विभाग अन्तरगतर् इकाइ कार्यालयहरुमा प्राप्त भएका बिजकहरुलाई
सूचनाको रुपमा उपयोग नभएको ।
बिदेशी विनिमय अपचलन सम्बन्धी मुद्धा दायर गर्न सम्बम्धित जिल्लामा जानु
पर्ने ।
इकाई कार्यालयहरु २४ सै घण्टा संचालन गर्नु पर्ने । कर्मचारी संख्या
कार्यबोझको आधारमा अत्यन्तै कम भएको कारण तोकिएको कार्यघण्टाभन्दा बढी
समय काममा खटाउनु पर्ने तर कर्मचारीहरुलाई थप सुबिधा केही नभएको ।
कर्मचारीको दक्षता अभिवृद्धि गर्न तथा मनोवल बढाउन बिदेशमा तालिम ,सेमिनारको
आयोजना नभएको ।
सुरक्षाको कारण मध्य तथा सुदुर पश्चिमाञ्चल इकाई कार्यालय कोहलपुरबाट
अस्थायी रुपमा नेपालगञ्जमा रहेको ।